ओम बहादुर घर्ती
उम्मेदवार
नेपाली कांग्रेस, नवलपुर क्षेत्र नं. २
आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा नवलपुर प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट म ओम बहादुर घर्ती उम्मेदवार बनेको छु।
नवलपुरको दिगो विकास, सुशासन र जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा तपाईंका विचार, सुझाव र अपेक्षालाई म अत्यन्त महत्वका साथ लिईरहेको छु । यही उद्देश्यले तपाईंका अमूल्य सुझाव तथा धारणा संकलन गर्न यो फर्म तयार गरिएको हो।
तपाईंले दिनुहुने प्रत्येक सुझावले मेरो निर्वाचन अभियानलाई अझ जनमुखी, समावेशी र परिणाममुखी बनाउन प्रत्यक्ष योगदान पुर्याउने विश्वास लिएको छु। यस फर्ममार्फत व्यक्त गरिने सबै जानकारी पूर्ण रूपमा गोप्य रहनेछन्।
नवलपुरको समृद्ध भविष्य र जनताको साझा हितका लागि तपाईंको सक्रिय सहभागिताको अपेक्षा राख्दछु ।
जय नेपाल ।